Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पृथ्वी राजमार्गको फिस्लिङमा सडक भासियो

चितवन, असार २० । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ३० मिटर लम्बाई र १६ मिटरको चौडाइमा सडक भासिएको हो । सडक भासिएकाले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ । निरन्तरको झरीले आइतबार बिहान सडक भासिएको हो ।