काठमाडौं, असार २५ । प्रतिलिपि अधिकार सम्बन्धी कानून स्पष्ट नहुँदा धरै अन्यौल हुने गरेको भन्दै कानूनी भाषामा स्पष्ट गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘प्रतिलिपि अधिकार(पहिलो संशोधन) विधेयक, २०७६’ को सम्बन्धमा गरिएको छलफलमा प्रतिलिपि अधिकारको सम्बन्धमा विद्यमान कानूनी भाषामा स्पष्टताका लागि जोड दिइएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य…