बैतडी । गोली प्रहारबाट बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको हत्या भएको छ । सुरेन्द्रको दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले उनलाई गोली प्रहार गरि हत्या गरेका हुन् । शनिबार राति ८ बजेको समयमा लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रलाई…