काठमाडौं । दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एउटा घर पहिरोले पुरिंदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिएको र गलानको परिवारका चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ ।…