काठमाडौंको एक घरमा दुई जना मृत अवस्थामा भेटिए « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


काठमाडौंको एक घरमा दुई जना मृत अवस्थामा भेटिए


6.656k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवा–युवती मृत फेला परेका छन् ।

बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । उनीहरु डेरामा सँगै बस्दै आएका थिए ।

बिहीबार राति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।