काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको परिवर्तनकारी आन्दोलनमा सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । सञ्चारिका समुहको अधिवेशन शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले गणतन्त्र, संघीयता र सामाजिक न्यायसहितको नेपाली नागरिकको अधिकार प्राप्तिको आन्दोलनमा सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । कार्यक्रममा उत्कृष्ट ९ जना महिला पत्रकारलाई सञ्चारिका सम्मान पुरस्कार, सञ्चारिका प्रोत्साहन र…