काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँकाअनुसार मंगलवारको बैठकमा पनि जेठ १३ र १४ गतेकै भुमिकामा प्रश्तुत…