धनुषा । नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रूपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि लिकमा भएका हाटबजार हटाउन लागिएको हो । अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल…