Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


चितवनमा बस पल्टियो, ३८ जना घाइते

चितवन । चितवनमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस इच्छाकामना गाउँपालिका–३ पृथ्वी राजमार्गको पानीधार भन्ने स्थानमा अनियन्त्रित भएर बस पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ३८ घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी…