लमजुङ । जिल्लामा घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष ११ हजार ५ सय मौरी घारबाट ३० टन मह उत्पादन भएको…