Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


बेसीशहर–चामे सडक बगायाे, मनाङ सडक सञ्जालबाट विच्छेद

काठमाडौं । निरन्तरको वर्षासँगै आइतबार रातिदेखि आएको बाढीपहिराले सडक बगाएपछि हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ । बाढीपहिराले लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारस्थित घोप्टेभिर र मनाङको कोतोमा सडक बगाएपछि सोमबार विहानैदेखि बेसीशहर–चामे सडक अवरुद्ध भएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयका सवइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिनुभयो । सडक बगाएपछि चामेको कोतोमा मानिस वारपार गर्न समस्या भएको…