Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


सिन्धुलीमा ३ जना सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ३ जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार स्थानीय ६० वर्षीया आइतमाया सार्कीको मृत्यु भएको हो । गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ…