काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा बिहीबार बिहान २ बजे ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । हेटौडाको भुन्द्रुङबाट बस्तिपुर तर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्याक्टर स्थानीय राप्तिखोलाको पुल क्रस गर्ने क्रममा अचानक काठको पुल भाँचिएर ट्याक्टर खोलामा खस्दा चालक मकवानपुरकै राक्सिराङ गाँउपालिका–८ का २८ वर्षीय सागर स्याङतानको च्यापिएर मृत्यु भएको…