Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


सिराहामा ट्याक्टरबाट खसेर किशोरको मृत्यु

काठमाडौं । सिराहाको गोलबजार नगरपालिका–६ लभटोलीमा सोमबार साँझ ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । प्रदेश २–०१–००१–त ०६७५ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १६ वर्षीय रामरिजन सदायको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा गोलबजारस्थित लौङ लाईफ अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ…