Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


जेसीबीले फालेको ढुंगाले लागेर गुल्मीमा बालकको मृत्यु, चालक फरार

काठमाडौं । गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–३ मा सडक मर्मतका क्रममा जेसीबीले ढुंगा पन्छाउने क्रममा खसेको ढुंगाले लागेर स्कुल जाँदै गरेका एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मुसिकोट– २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।…