खाँदबारीमा करेण्ट लागेर एकको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१७ मंसिर २०७९, शनिबार | Sun Dec 4 2022


खाँदबारीमा करेण्ट लागेर एकको मृत्यु


143
Shares

सङ्खुवासभा । खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो तीन बजे खाँदबारी–१ चाँदनी चोकस्थित नेपाल रेडक्रस सोसाइटीको ब्लड बैङ्कको निर्माणाधिन भवनमा काम गर्ने क्रममा साइट इन्चार्ज विष्ट करेण्ट लागेर घाइते हुनुभएकोमा उपचारका क्रममा सङ्खुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक गोदारले बताउनुभयो ।

उक्त भवन तीन करोड ३२ लाख लागतमा निर्माण हुन लागेको हो ।