राजविराज । सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादशैंको महानवमीका दिन पशु बलिअन्तर्गत ६ सय ६९ राँगाको बलि चढाइएको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिनुभयो । मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा सबभन्दा…