काठमाडौं । नेपाल प्रहरीको सरुवा, बढुवामा हुने गरेको राजनीतिक हस्तक्षेपले संगठनको चुरोमै गम्भीर प्रहार गर्ने गरेको छ । दलीय स्वार्थ हावी हुँदा संगठनको उच्च तहमा रहेका इमान्दार प्रहरी अधिकृतमाथि अन्याय हुँदा वर्षेनी एकपछि अर्कोले असमयमै राजीनामा दिने अघोषित परम्परा नै बनेको छ । तलदेखि माथिसम्म प्रहरी बढुवाको एक छिमल सकिएको अवस्थामा ९ महिनापछि आउने संगठन…