कैलाली । धनगढीको कनरी पार्क अलपत्र परेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर–१५ मा झण्डै २ वर्षअघि उद्घाटन भएको पार्क सञ्चालनमा कुनै योजना बन्न नसक्ता पार्क अलपत्र परेको हो । उद्घाटन गरेको छोटो समयमै पार्कभित्र बनाइएका संरचना टुट–फुट भएर काम नलाग्ने अवस्थामा पुगेको देखिन्छ । यसको संरक्षणमा उपमहानगरले चासो नदिँदा भएका संरचना समेत भत्किन थालेका…