बलात्कारको आरोप लागेका वडा अध्यक्ष कारागार चलान « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


बलात्कारको आरोप लागेका वडा अध्यक्ष कारागार चलान


2.457k
Shares

बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका-१ का वडाअध्यक्ष सरदसिंह नेगीलाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । एक २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडाअध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई असार १४ गते पक्राउ गरिएको थियो ।

वडाअध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरु दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध जवरजस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धानगरि अदालतमा पेश गरेको थियो ।

पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । वडाअध्यक्ष सरदसिंह नेगी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।