काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा नजाने भएपछि बालुवाटारबाट सेनाकाे हेलिकप्टर फर्किएकाे छ । आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका-१५ स्थित सेती खोँचमा यति एयरलाइन्सको दुर्घटना भएको हो। उक्त दुर्घटनास्थलमा प्रधानमन्त्री दाहाल जाने तयारीमा हुनुहुन्थ्याे। तर सुरक्षा जटिलता थपिने हुँदा पोखरा नजाने निर्णय गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताउनु भयाे। त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री…