काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि पहिलो चरणको राहत सामाग्री पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामाग्रीहरु सोमबार दिउँसो टर्की पठाइएको हो । राहत सामाग्रीमा औषधि, मेडिकल उपकरण, कपडालगायत अन्य अत्यावश्यक सामाग्रीहरु समावेश छन् । माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…