बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज शनिबार बुढी पोल्ने पर्व सुरु भएको छ । यो पर्व प्रत्येक वर्षको असोज १ गते धुमधामसँग मनाइने गरिएको छ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुत्लालाई पोल्ने गरिएको संस्कृतिविद् जयानन्द भट्टले बताउनुभयो । भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वालाहरुले…