बेलबारी । हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप । साँघुरा सडकमा तीव्र गति त्यसमाथि पैदल यात्रु र सडकका खाल्डाखुल्डी । जोखिमै जोखिमका बीचमा सवारी चालक गन्तव्य लिइरहेका छन् । केही दिनअघि मोरङको सुन्दरहरैचामा टिपरको ठक्करबाट १८ महिनाकी बालिका अननिया चौधरीको मृत्यु भयो…