Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


स्याङ्जामा सर्पले डस्दा एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा आइतबार राति सर्पले डस्दा एक जनाको मृत्यु भएको हो । वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालले जानकारी दिएको छ । आइतबार राति उपचारका लागि अस्पताल ल्याइएको थियो । बिहान ४ बजेतिर अस्पतालमै बिरामीको मृत्यु भयो । खाँणको बायाँ हातका दुई ठाउँमा करेत…