काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्त बुझ्दो नभएको बताउनुभएको छ । शनिबार बिहान साेही विमानस्थलको अनुगमन गर्न पुग्नुभएका पर्यटनमन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गएकाे बताउनुभयाे । तर पनि चित्त बुझ्दो रुपमा सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन…