११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


विराटनगरमा वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध


208
Shares

काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायत सेवन गर्न निषेध गर्ने भएको छ ।

गत पुस २७ गते बसेको नगरसभा बैठकको निर्णय अनुसार महानगर क्षेत्रभित्र धुम्रपानदेखि प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो ।

केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउन्ड सिस्टम प्रतिनिधि लगायतसँगको समन्वयमा ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो ।

नियम पालना नगर्नेलाई हदैसम्मको कारबाही गरिने भएको छ ।