काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिनाको आरोपमा तत्कालिन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । तत्कालिन कार्यालय प्रमुख…