काठमाडौं । भक्तपुरको टौमढी (तःमारी) स्थित पाँच तल्ले मन्दिर परिसरमा आइतबार सयौंको संख्यामा एकै पटक एउटै तालमा धिमे बाजा बजाइएको छ । मन्दिरको प्रत्येक खुड्किलोमा लहरै बसेर कलाकारहरुले बाजा बजाउँदा मौलिक भेषभुषामा सजिएका महिलाहरुले सोही बमोजिम नृत्य प्रस्तुत गरेका थिए । बिस्काः जात्राको पूर्वसन्ध्यामा साँस्कृतिक पर्व प्रचारको लागि सामुहिक बाजाको प्रदर्शनी गरिएको बताइएको छ ।…