१५ जेष्ठ २०८१, मंगलबार | Tue May 28 2024


महाबीर पुनसँग सरकारले वार्ता थाल्यो


351
Shares

काठमाडौं । बिभिन्न माग राखेर माइतीघर मण्डलामा धर्ना बस्नु भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबीर पुनसँग सरकारले वार्ता शुरु गरेको छ ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सरकारले ध्यान नलिएको भन्दै चार बुँदे मागसहित पुन गत शुक्रबारदेखि माइतीघरमा धर्ना बस्नु भएको थियो । सिंहदरवार स्थित रक्षा मन्त्रालयमा भइरहेको वार्तामा सरकारका तर्फबाट कानुन मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र आविष्कार केन्द्रका तर्फबाट पुनसहित अन्य सहभागी रहेका छन् ।

धर्नामा पुनसँगै सामाजिक अयियन्ताहरु र विभिन्न राजनीतिक दलका नेताहरुको पनि सहभागिता रहेको छ ।