Logo २६ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025


काठमाडौंको चन्द्रागिरीमा पहिरोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

काडमाडौं । काडमाडौंको चन्द्रागिरीमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्रमा गएराति पहिरो खसेको थियो । उक्त पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि मध्यरातमा पहिरो खसेको र ध्यान केन्द्र पुरिएको थियो ।…