कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–६ चरीडाँडा निवासी करिब ३८/४० वर्षीय कृष्ण चौधरी शुक्रबार बिहान सामुदायिक वनमा च्याउ टिप्न जानुभएको थियो। च्याउ टिप्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे बिहान…