बुटवल, माघ १२ । लुम्बिनी प्रदेशका लागि कोरोनाविरुद्धको खोप बुटवल पुगेको छ । ३९ हजार ४ सय ९५ जनाका लागि हिजो मध्यरात खोप बुटवल पुगेको र जिल्लाहरुमा पठाउने तयारी गरिएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । कोरोना विरुद्धको खोप अहिले बुटवलको नेपालगञ्ज रोडमा रहेको आपूर्ति व्यवस्थापन केन्द्रमै आवश्यक चिस्यान मापन गरेर राखिएको…