२ वर्षभित्र सबै जनताको घरमा विद्युत्– ऊर्जामन्त्री रायामाझी • Image Khabar Image Khabar


२ वर्षभित्र सबै जनताको घरमा विद्युत्– ऊर्जामन्त्री रायामाझी


Imagekhabar
२ माघ २०७७, शुक्रबार १८:०८

२ वर्षभित्र सबै जनताको घरमा विद्युत्– ऊर्जामन्त्री रायामाझी

कपिलवस्तु । ऊर्जा मन्त्री टोप बहादुर रायमाझीले दुई वर्ष भित्र सबै जनताका घरमा विद्युत पुर्‍याउने बताउनु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार अन्र्तगत कपिलवस्तुको शुद्धोधन गाउँपालिका लबनीको सव स्टेशन उद्घाटनका क्रममा उहाँले उक्त दाबी गर्नुभएको हो ।

अहिले ८६ प्रतिशत नेपाली जनताले विद्युतको सेवा पाएको दाबी गर्दै उहाँले दुई वर्षमा सबै जनता विद्युतको पहुँचमा हुने बताउनुभयो । विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा देश भरका २६ वटा सवस्टेशन निर्माणका क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्