संस्कृत विश्वविद्यालयका विद्यार्थीले बनाए ‘वासावलेह’, यी राेगका लागि प्रयाेग हुने • Image Khabar Image Khabar


संस्कृत विश्वविद्यालयका विद्यार्थीले बनाए ‘वासावलेह’, यी राेगका लागि प्रयाेग हुने


Imagekhabar
१० माघ २०७७, शनिबार १३:२७

संस्कृत विश्वविद्यालयका विद्यार्थीले बनाए ‘वासावलेह’, यी राेगका लागि प्रयाेग हुने

राकेश बस्नेत
दाङ । नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगतको जनता विद्यापीठका विद्यार्थीले पहिलो पटक औषधि बनाएका छन् । आयुर्वेद विभागअन्तर्गत उत्तरमध्यमा तहमा अध्ययनरत विद्यार्थीले ‘वासावलेह’ नामक औषधि बनाएका हुन् ।

स्थानीय जडीबुटी प्रयोग गरेर विद्यार्थीले प्रयोगात्मक अभ्यासका माध्यमबाट औषधि बनाउन सफल भएका हुन् । प्रयोगात्मक रूपमा औषधि बनाउन सफल भएकोमा स्वयं विद्यार्थीसमेत मख्ख परेका छन् । लामो समयको अनुसन्धानपछि औषधि बनाउन पाउँदा आश्मा बुढाथोकी पनि दङ्ग देखिन्छिन् । स्थानीय जडिबुटीहरू प्रयोग गरेर बनाएको र औषधि श्वास प्रश्वास, रक्तपित्तको लागि प्रयोग गर्न सकिने उहाँको दावी छ ।

त्यस्तै औषधि विज्ञानमा लागेका अर्का विद्यार्थी धनबहादुर केसी पनि औषधि बनाउन पाउँदा कम खुसी छैनन् । प्राविधिक मेहनतले गर्दा अहिले उनी घरमे बसेर पनि औषधि बनाउन सक्ने भएका छन् । आफूहरूले बनाएको औषधिले विभिन्न रोगका बिरामीहरूलाई फाइदा पुग्ने उनको विश्वास छ ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अतिरिक्त प्रयोगात्मक सीप दिने उद्देश्य अनुसार यस्तो सफलता मिलेको विद्यापीठका प्राचार्य योगराज शर्माको भनाइ छ । विद्यार्थीले उत्पादन गरेको औषधिलाई बजारमा सहज र नियमित गराउने प्रयाससमेत भइरहेको छ ।

स्थानीय जडीबुटी असुरो, मह, घिउ, चिनी र पिपला लगायतको मिश्रणबाट औषधि तयार पारिएको छ । औषधि स्वास्थ्यका लागि फाइदाजनक रहेकाले दम, रक्तपित्त तथा रुघाखोकीका लागि उपयोगी हुने कार्यक्रम संयोजक डाक्टर मनोज अधिकारीको भनाइ छ । आयुर्वेदको पद्धतिअनुसार उत्पादन गरिएकाले २ वर्षसम्म यो औषधि प्रयोग गर्न सकिने उहाँको दाबी छ ।

आयुर्वेद उत्तरमध्यमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक विषयअन्तर्गत यस्ता औषधि उत्पादन गर्दै आएका छन् । आयुर्वेदको कक्षा सञ्चालन भएदेखि नै विद्यार्थीले च्यावनप्रास उत्पादन गरेका छन् । औषधि निर्माण विशेषज्ञ तथा केन्द्रीय आयुर्वेद बेलझुण्डीका प्राध्यापक सुनील कुमारले पढाइ अनुसारको अभ्यास गराउने र त्यहीबाट औषधि उत्पादन गरिरहेको जानकारी दिनुभयो ।

प्रयोगात्मक अभ्यासका लागि मात्र नभएर यसलाई नियमितता दिँदै बजारसम्म पुर्‍याउन सके विद्यार्थीलाई थप हौसला अनि आयआर्जन पनि हुन सकेमा यसको सार्थकता हुने थियो ।

प्रतिक्रिया दिनुहोस्