Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


होर्मुज जलमार्ग खुला गर्न अमेरिका र इरानबीच सहमति


7.6k
Shares

काठमाडौं ।

अमेरिका र इरानबीच रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषयमा सहमति भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रिपोर्टअनुसार अमेरिकी नौसैनिक नाकाबन्दी खुकुलो पार्ने र त्यसको बदलामा इरानले होर्मुज जलमार्ग चरणबद्ध रूपमा खुला गर्ने समझदारी बनेको हो। अरबी सञ्चारमाध्यमहरूले बिहीबार दुई देशबीच बढ्दो तनावपछि यस्तो सहमति भएको बताएका छन्।

अल अरबियाका अनुसार युद्ध सुरु भएपछि इरानले होर्मुज जलमार्ग बन्द गरेपछि विश्वव्यापी ऊर्जा आपूर्तिमा असर परेको थियो। अब केही घण्टाभित्रै जलमार्गमा रोकिएका जहाजहरूलाई बाहिरिन अनुमति दिइने बताइएको छ।

विश्वको प्रमुख समुद्री व्यापार मार्गमध्ये एक मानिने होर्मुज जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको थियो। यद्यपि, हालसम्म अमेरिका वा इरानले उक्त सहमतिबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।