Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा मानव कंकाल फेला


260
Shares

काठमाडौं ।
इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा मानव कंकाल भटिएको छ ।

झापाको सन्दकपुर गाउँपालिका–२ माइमझुवास्थित तालपोखरी जंगलमा बुधबार गाईवस्तु चराउन जानेहरुले सो शव देखेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले गरेको खबरका आधारमा बिहीबार सो स्थानमा प्रहरीसहितको टोली पुगेको थियो ।

प्रहरीका अनुसार शवको टाउको र खुट्टामा मात्र मासुको भाग बाँकी रहेको अवस्था जनाएको छ । फेला परेको शवको प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।