ताप्लेजुङ, मंसिर २७ । आफ्नै कार्यालय भवन नहुँदा काममा समस्या आएपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले वडा कार्यालयदेखि प्रमुख प्रशासकीय भवन निर्माणमा ध्यानकेन्द्रित गरेको छ । आगामी वर्षको फागुनसम्ममा गाउँपालिका र तीनओटा वडाको भवन निर्माण भइसक्ने गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो । विभिन्न निर्माण कम्पनीहरुसँग निर्माण सम्झौता सकिएसँगै ५, ६ र ७ नम्बर वडा कार्यालय भवनको…