बैतडीमा डेक्ची बम निस्क्रिय • Image Khabar Image Khabar


बैतडीमा डेक्ची बम निस्क्रिय


Imagekhabar
१० माघ २०७७, शनिबार १७:४४

बैतडीमा डेक्ची बम निस्क्रिय

बैतडी । जिल्लामा फेला परेको डेक्ची बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ ।

महाकाली राजमार्गअन्तर्गत दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले शनिबार निस्क्रिय पारेको बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

गएराति बीच सडकमा भेटिएको बमलाई दार्चुलाबाट आएको सेनाको टोलीले निस्क्रिय पारेको थियो । बम कसले र किन राखेको भन्ने खुल्न सकेको छैन । विप्लव नेतृत्वको नेकपाले शनिबार नेपाल बन्दको आह्वान गरेकाले उक्त समूहले नै बम राखेको हुन सक्ने प्रहरीको आशंका छ ।

बम निस्क्रिय पारिएसँगै अवरुद्ध भएको राजमार्ग सुचारु भएको छ । रोकिएका सवारी साधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पु¥याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्