काठमाडौं । नेपाली कांग्रेसका नेता हरिहर आचार्यको निधन भएको छ । कांग्रेस अर्घाखाँचीका जिल्ला कमिटी सल्लाहकार आचार्यको ७० वर्षको उमेरमा आइतबार दिउँसो शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । कोरोना भाइरस संक्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । पछिल्लो पाँच दिन भेन्टिलेटरमा रहेर उपचार हुँदाहुँदै कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको…