पोखरा, पुस २६ । गण्डकी प्रदेश सभाको आइतबारको बैठकमा सदस्यहरुले विनियोजित बजेटको कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । बजेट कार्यान्वयनसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै प्रदेश सभा सदस्य ललितकला गुरुङले बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । सरकारका तीनवटा बजेट सन्तोषजनक नदेखिएको भन्दै उहाँले यस वर्ष बजेटको कार्यान्वयन नहुनुमा कोरोनालाई कारण…