प्रदेश २ मा प्रदेश प्रमुख हटाइयो, राजेश झा नयाँ प्रदेश प्रमुख • Image Khabar Image Khabar


प्रदेश २ मा प्रदेश प्रमुख हटाइयो, राजेश झा नयाँ प्रदेश प्रमुख


Imagekhabar
७ फाल्गुन २०७७, शुक्रबार १५:३७

president bhandari issue ordinance

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।

शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको हो ।

यस्तै उहाँले शुक्रबार नै मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

नेकपा विभाजन भएपछि एकले अर्को समूहलाई निषेध गर्दै अघि बढिरहेका छन् । प्रदेश प्रमुखबाट मुक्त हुनुभएका परियार दाहाल–नेपाल समूह निकट मानिनुहुन्छ भने झा ओली निकट व्यक्ति हुन् ।

प्रदेश २ मा प्रदेश प्रमुख हटाइयो, राजेश झा नयाँ प्रदेश प्रमुख
प्रतिक्रिया दिनुहोस्