पाँचथर, कात्तिक १२ । मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मिक्लाजुङ–४, रबीका छ स्थानीयबासीमा संक्रमण देखिएपछि बुधबार (आज)देखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिनुभयो ।…