खोटाङ, पुस ३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै कार्यालय भवन निर्माण गरेको छ । गाउँपालिकाको नगद र संघीय मामिला मन्त्रालयबाट विनियोजित रकममा एउटा सभाकक्षसहित १९ कोठाको भवन निर्माण गरेको हो । संघीय सांसद विशाल भट्टराईले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । नगरपालिकाको आफ्नै भवन नहुँदा वार्षिक करिब १७ लाख रुपैयाँ भाडा तिरेर सेवा सञ्चालन…