सेवाग्राहीलाई सहज गराउन महानगरका सबै वडाको भवनको बाहिरीस्वरुप एउटै: मेयर शाक्य « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


सेवाग्राहीलाई सहज गराउन महानगरका सबै वडाको भवनको बाहिरीस्वरुप एउटै: मेयर शाक्य


0
Shares

काठमाडौं । काठमाडौ महानगरपालिका वडा नम्बर २ को कार्यालय भवन शिलान्यास गरीएको छ ।

आज महानगरपालिकाका मेयर मेयर विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले सेवाग्राहीलाई सहज गराउने उद्देश्यले महानगर पालिकाले महानगरका सबै वडा कार्यालयका भवनको बाहिरीस्वरुप एउटै बनाउन लागेको बताउनु भएको छ ।

उहाँले महानगरका सबै वडाहरुलाई प्रभावकारी बनाउन आफू लागिपरेको समेत बताउनुभयो ।