चितवन । चितवनको भरतपुर महानगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भरतपुरमा गर्न लागेको सिटी हल र पुल्चोक–गोन्द्राङ सडक निर्माणको शिलान्यास कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । महानगरले शुक्रबार चितवनमा पत्रकार सम्मेलन गरी आफूहरूको पहलमा निर्माण सुरु भइसकेको आयोजना प्रधानमन्त्रीले पुनः शिलान्यास गर्न खोजेको भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो । महानगर प्रमुख रेणु दाहालले…