Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


महाकाली नदी थुनियो, सतर्क रहन प्रशासनकाे आग्रह

काठमाडौं । नेपाल–भारत पश्चिम सीमा महाकाली नदी थुनिएको छ । दार्चुलाको माल्पामा आएको ठूलो पहिरोका कारण नदी थुनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृणानन्द जोशीले जानकारी दिनुभयो । थुनिएको नदी जुनसुकै बेला फुट्न सक्ने भएकाले तटी क्षेत्रमा बसोबास भएका र काम गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालय आग्रह गरेको छ ।