गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्रीलाई भेट्न काठमाडौं • Image Khabar Image Khabar


गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्रीलाई भेट्न काठमाडौं


Imagekhabar
१८ बैशाख २०७८, शनिबार १७:४७

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्रीलाई भेट्न काठमाडौं

काठमाडौं, बैशाख १८ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव अलपत्र परेको बेला मुख्यमन्त्री गुरुङ भने काठमाडौं आइपुग्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएको भन्दै मुख्यमन्त्री गुरुङ काठमाडौं आउनुभएको उहाँका प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिनुभयो ।

केन्द्रको सत्ता जोगाउन जनता समाजवादीको एउटा खेमाले आश्वासन दिए पनि बहुमत सदस्य सरकारको विपक्षीमा जाने देखिएपछि त्यसबाट सिर्जना हुने राजनीतिक घटनाक्रममका लागि रणनीति बनाउन मुख्यकाठमाडौं आइपुगको नेताहरुको भनााई छ ।

प्रतिक्रिया दिनुहोस्