बर्दिया । नेपाली काङ्ग्रेसका सह-महामन्त्री एवं पूर्वमन्त्री प्रकाशशरण महतले नेपाली काङ्ग्रेस सरकारमा जान लालायित नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस बर्दिया क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महतले काङ्ग्रेसलाई सरकारमा लिन दौड धुप चले पनि काङ्ग्रेस सरकारमा जान नहतारिएको बताउनुभयो । पार्टीको महाधिवेशन समयमै हुनेमा कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै…