दुई बुँदे सहमतिपछि कर्णाली प्रदेशसभा बैठक सुचारु • Image Khabar Image Khabar


दुई बुँदे सहमतिपछि कर्णाली प्रदेशसभा बैठक सुचारु


मानबहादुर वली
२७ जेष्ठ २०७८, बिहीबार १६:५९

दुई बुँदे सहमतिपछि कर्णाली प्रदेशसभा बैठक सुचारु

मानबहादुर वली
सुर्खेत । तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक सर्वदलीय सहमतिपछि सुचारु भएको छ ।

प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राख्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो ।

सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको सर्वदलीय बैठकले दुई बुँदे सहमति गरेका छन् ।

जेठ ३० गतेसम्म थापालाई प्रदेशसभामा उपस्थिति नगराउन सरकार पक्ष तयार भएपछि प्रदेशसभा सुचारु भएको हो । मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको छ । सो मुद्दाको पेशी जेठ ३० गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्